गौर ४ साउन । रौतहटमा हरितालिका तिज घर बाहिर मनाउन नपाउने भएको छ । बुधबार जिल्ला सुरक्षा समिति रौतहटको बैठकले यस बर्षको तिज , गणेश चौथी , ऋषि पञ्चमी र इस्लाम धर्मालम्बीहरुले मनाउने ताजिया पर्व घर भित्रै भिडभाड नगरि मनाउन जिल्ला प्रशासन कार्यालय रौतहटले निर्देशन दिएको छ । रौतहटमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै भिडभाड गरेमा अझ भयवाह स्थिति आउन सक्ने भएकाले भिडभाड नगरि सुरक्षित तरिकाले चाड पर्व मनाउन अनुरोध गरेको छ । प्रशासनको अपिललाई अटेर गरी घर बाहिर भिडभाड गरेको पाइएमा संक्रमक रोग ऐन २०२० बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख प्रशासकिय अधिकृत किरण निधि तिवारीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here