सप्तरी, ५ भदौ । सप्तरीमा लोडसेडिङको मौका छोपी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजना विरुद्ध बिहीबार उजूरी दर्ता गरेको छ । सामूहिक रूपमा टेलिभिजन हेरिरहेका बेला आरोपित महदेवा गाउँपालिका–३ बथनाहाका ४५ वर्षीय रामसुन्दर सरदारले गत सोमबार राति ९ बजे बालिकाको मुख थुनी नियन्त्रणमा लिई टोलभन्दा करिब ४ सय मिटर टाढा लगेर बलात्कार गरेको आरोपमा उजुरी दर्ता भएको इलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीले जानकारी दिएको छ । पीडितकी आमाले दिएको उजुरीका आधारमा स्वास्थ्य परीक्षण र थप अनुसन्धानपछि दर्ता गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयले उजुरी दर्ता गरी आरोपितको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी तिलक भारतीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here