संजय मिश्र
रौतहट ५ भदौ ।
निलगाई अर्थात घोड गदहाको कारण रौतहटको कटहरिया नगरक्षेत्रका दर्जनौं किसान चिन्तित बनेका छन । दर्जनौं को संख्यामा राती राती आउने निलगाईले बालिनालि सखाप पार्न थालेपछि किसानहरु चिन्तित बनेका हुन । पछिल्लो समय निलगाईले किसानले लगाएको तरकारी बाली,धान,मकै समेत खाईदिने गरेकाले कटहरिया नगरपालिकाको कयौं वडाका किसान समस्यामा परेका छन । बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाईरस नियन्त्रण गर्न गत चैत ११ गतेदेखि लगातार गरेको लकडाउनको कारण किसानहरु त्यसै मारमा परेका छन । हाल बर्षभरिको मिहिनेत पसिनाले लगाएको धानबाली निलगाईले सिधाउन थाल्दा जीवन यापनमै समस्या हुने कटहरिया २ हंथियाहिका एकजना पीडित किसान बिनोदलाल कर्णले दुखेसो पोखेका छन । निलगाईले धानबाली का साथै मकैबाली र कटहरिया ३ बिर्ती प्रस्टोका गाउँ छेउको नर्सरीमा आँप,लिची,लगायत बिरुवामा समेत क्षति गरिरहेको किसान कर्णले जानकारी दिए । उता दिनभरी लालबकैया नदिकिनार उंखुघारी र कांसघारी खरौडिमा बस्ने राती राती झुन्डमा आउने निलगाईले झौवा गाउँ छेउमा किसानले लगाएको तरकारी बालिमा समेत क्षति गरिरहेको एकजना स्थानीय किसान तथा नेपाली कांग्रेस नेता वाल्मीकि यादवले गुनासो गरेका छन । कटहरिया नगरपालिका एउटा उदाहरण मात्र हो पछिल्लो केही बर्षदेखी निलगाईले जिल्ला ल्का प्राय. सबै स्थानीय तहका किसानले लगाएको बालिमा क्षति पुर्याउने गरेका छन । निलगाईको लागि जिल्लाका नदि खोलाहरु सुरक्षित बाँस स्थान बनेको छ । जिल्लाको पश्चिममा लालबकैया पुर्वमा बागमती नदिकिनार कांसघारी र उखुंघारिमा दिनभरी बस्ने र राती राती ठुलो झुन्डमा गएर बालिमा क्षति गरिरहेको किसान हरुले बताएका छन ।निलगाईले बर्षेणी बच्चा जन्माउने गर्नाले दिन प्रति दिन संख्या बढदै गएको छ । सरकार तथा अन्य कुनै निकायले हालसम्म नियन्त्रण को पहल गरेको छैन । निलगाई नियन्त्रण गर्न पटक पटक स्थानीय तह तथा जिल्ला बन कार्यालय मा समेत अनुरोध गर्दा कुनै वास्ता नगेकाले कतिपय किसान आफ्नो बालिको रक्षागर्न रातभरि मसाल बालेर टिन बजाउन बाध्य भएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here