जनकपुर ५ भदौ । प्रदेश २ मा हालसम्म ५१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यसमध्ये ४२ पुरुष र नौ महिला रहेका छन् । बिहीबार सप्तरीको राजविराज नगरपालिका– ४ का २८ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको छ । ज्यान गुमाउने ५१ मध्ये सबैभन्दा बढी पर्सामा २४ जना छन् । यसैगरी, धनुषाका नौ, महोत्तरीका दुई, सिराहाका दुई, सर्लाहीका एक, सप्तरीका चार, रौतहटका तीन र बाराका ६ जना छ । बिहीबार ९८ पुरुष र १० महिला गरी प्रदेश २ मा एक सय आठजना निको भई घर फर्केको निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पछिल्लो २४ घन्टामा मात्रै धनुषामा २९, महोत्तरीमा १८, सिराहामा २५, सप्तरीमा १९, बारामा सात, पर्सामा नौ, रौतहटमा ६ र सर्लाहीमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here