कटहरिया ५ भदौ । बाराको महागढिमाई नगरपालिका स्थित बिश्व प्रसिद्ध बारको गढिमाई मन्दिरका मुलपुजारी को मृत्यु भएको छ । बिश्वमै बलिको लागि प्रसिद्धि कमाएको गढिमाई मन्दिरका मुलपुजारी रौतहटको गजरा नगरपालिका वडा नं. ३ सिमरीगाउँका ७६ बर्षिय दुखन धामिको मृत्यु भएको हो । दुईदिन देखि झाडा पखाला लागेका धामिको गाउँ र निजगढमा उपचार हुन नसके पछि भरतपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको स्थानीय समाजसेवी अन्तरे लामाले जानकारी दिएका छन् । मृतक धामिको आजै सिमरी गाउँ छेउको नदि किनारमा अन्तेष्टी गरिने समाजसेवी लामाले जानकारी दिए । बिश्व प्रसिद्ध गढिमाई मन्दिर बारामा भएपनी रौतहट गुजरा ३ सिम्रीगाउँका दुखन धामिको पुर्वजहरुनै मुलपुजारी रहदै आएका थिए ।