गौर,५ भदौ / नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले रौतहटमा भएका पछिल्ला दुई हत्याकाण्डका दोषीलाई कारवाही गर्न माग गरेका छन् । जिल्लामा निषेधाज्ञा जारी रहेको बेला लगातार शृखलाबद्ध रुपमा भईरहेको हत्या तथा आपराधिक गतिविधिले आम नागरिक त्रसित बनेको तर प्रहरी प्रशासनको ध्यान अन्यत्र रहेको भन्दै ध्यानाकर्षण गराएका हुन् ।
गरुडा नगरपालिका वडा नं– ८, जिंगडियाका २० वर्षीय दलित युवा निरन्जन राम (चमार) को धारिलो हतियारले घा“टी रेटेर हत्या भएको ३ दिनपछि बुधबार माधव नारायण नगरपालिका वडा नं–२, खेसरहिया स्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहको गोली हानेर हत्या भएपछि नेता साह प्रहरीको भुमिकाप्रती आक्रोशित भएका हुन् ।
नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका नेता साहले किसानले भारतबाट लुकीछिपी ल्याएको मलखाद दिनहु जसो समात्ने देखि रांगा भैसी नियंत्रणको लागि हवाई फायर गर्ने प्रहरी हत्या हिंसा रोक्नतर्फ केन्द्रित नहुंदा समाजमा त्रास पैदा भएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
नेता साहले सामाजिक संजाल फेसबूकमा लेखेका छन्, ( “कोरोना महामारी नियंत्रणको लागि रौतहटमा जारी निषेधाज्ञाकै क्रममा श्रावन ३२ गते गरुडा नगरपालिका वडा नं–८, जिंगडिया निवासी करिब २० वर्षीय दलित युवा निरन्जन राम (चमार) को धारिलो हतियारले घा“टी रेटेर हत्या भयो । बुधबार मात्र भदौ ३ गते माधव नारायण नगरपालिका वडा नं– २, खेसरहिया स्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहको गोली हानेर पुनः अर्को हत्या गरिएको छ ।
यसरी कोरोना महामारी र लकडाउनसंगगै रौतहटमा शृंखलाबद्ध रूपमा हत्याहिंसा लगायतका अपराधिक घटनाहरु भईरहेको छ ।
सर्वप्रथम, म यो शृंखलाबद्ध रूपमा भईरहेको गम्भिर हत्याकाण्डको घोर भर्तसना गर्दछु साथै दोषीलाई कडा कार्वाहीको माग सहित पीडडित परिवारप्रति गहिरो संबेदना व्यक्त गर्दछु । साहले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन् । रौतहटमा लगातार भईरहेको यि र यस्ता अपराधिक घटनाले आम जनतामा त्रासको स्थिति सृजना मात्र भएको छैन सुरक्षा निकायको कार्यक्षमता माथी नै गम्भिर प्रश्न खडडा गरेको छ ।
गम्भिर प्रकृतिको आपराधिक घटनाको छानबिनमा केन्द्रित हुनुको सट्टा नेपाल प्रहरीको ध्यान अन्यत्र त छैन ? उनले प्रश्न गरेका छन् । किसानले भारतबाट लुकीछिपी ल्याएको मलखाद दिनहु जसो समात्ने देखि रांगा भैसी नियंत्रणकोलागि हवाई फायर गर्ने सम्मको क्रियाकलापले प्रहरीको ध्यान राजस्व छलि नियंत्रणमा बढी केन्द्रित भएको हो की ?
भन्ने प्रश्न आम जनताको जिज्ञासा बनेको छ । नेता साहले लेखेका छन्, यसरी रौतहटको सुरक्षा निकायको कमजोर भूमिकाका कारण शान्ति सुरक्षाको स्थिति चिन्ताजनक बन्दै गएकोले यसमा मथिल्लो निकायलाई थप एवं ठोस रुपमा क्रियाशील बनाउन गृह मन्त्रालयको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here