गौर, ५ भदौ । सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा पोष्ट लक्ष्मीपुर बेलबिछ्वा रौतहटले आर्थिक बर्ष २०७६÷२०७७ मा ९० लाख भन्दा बढी राजश्व संकलन गरेका छन् । बिगतका आर्थिक बर्षका तुलनामा ३ गुणा बढी तस्करीको समानहरु बरामद गरि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको छ । सशस्त्र प्रहरी निरीक्षक अजय कुमार थापाको अगुवाइमा ९० लाख ३३ हजार ९ सय ३७ रुपैयाँ राजश्व संकलन गर्न सफल भएको हो । तत्कालीन छोटी भंसारको रूपमा रहेको सो नाका बाट हुने अवैध चोरी निकासी नियन्त्रण गर्ने अभियान सशस्त्र प्रहरी निरीक्षक थापाले चलाएका थिए । गत आर्थिक बर्ष २९ लाख १२ हजार ५सय ७२ रुपैयाँ बराबरको भन्सार दाखिला गरिएकोमा यस बर्ष ९० लाख भन्दा बढी बुझाइएको सशस्त्र प्रहरी निरीक्षक थापाले बताएका छन् । सीमा नाका बाट अवैध रूपमा ओसार पोसार हुन गरेको लागुऔषध गाँजा, अवैध रूपमा भारत बाट ल्याउँदै गरेको नेपाली रुपैया, कपडा, किराना समानहरु, कस्मेटिक, मदिरा, मेसिनरी पार्ट्स, सुर्तीजन्य पदार्थ, इलेक्ट्रिक्स ,सवारी साधनहरु पक्राउ गरी जिल्ला भन्सार कार्यालयमा बुझाइएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here