गौर,७ भदौ । हनुमान मन्दीरका पुजारी हत्यामा संलग्न हाल सम्म पक्राउ पर्न सकेका छैनन् । समान्य हनुमान मन्दीरका सिधासाधा पुजारीको खाना खादै गर्दा भएको हत्यामा संलग्नलाई रौतहट प्रहरीले पक्राउ गर्न नसकेपछि प्रदेश २ प्रहरी कार्यालय जनकपुरले अनुसन्धान थालेको छ । रौतहटमा भएको पुजारी हत्याको बिषयमा अनुसन्धान थालेको हो । प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोख्रेलको नेतृत्वमा रहेको टोलीले अनुसनधान शुरु गरेको छ । माधवनारायण नगरपालिका २ खेसरैयाका पुजारी श्रीराम साहको हत्याको छानबिनका लागि अनुसन्धान गर्न वरिष्ठ प्रहरी उपरीक्षक पोख्रेलको टोली रौतहट आईपुगको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here