अशोक पहाडी
रौतहट,७ भदौ ।
जिल्लामा तीन जना बालिका बागमती खोलामा बगेर बेपत्ता भएकाछन् ।
आईतबार बिहान दस बजेको समयमा रौतहट जिल्लाको गढीमाई नगरपालिका वडान ७ धर्मपुर टोल वस्ने भदै मुखियाको १० बर्षको छोरी पिंकु कुमारी मुखिया, सोही स्थानका लक्षुमण दासको १२ की छोरी सुसिता कुमारी दास र छटु मुखियाको १० की छोरी चन्चल कुमारी मुखिया बागमती खोलामा नुहाउन गएको बेला बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरत श्रेष्ठले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् । बालिकाको खोजीमा ईलाका प्रहरी कार्यालय समनपुर लागेको अहिले सम्म फेला नगरेको डिएसपी श्रेष्ठले तराई एक्सप्रेसलाई जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here