चन्द्रपुर,७ भदौ / रौतहटमा पछिल्लो समय अनपढ तथा गरिवको जग्गा पास गरेर पैसा दिने र पछि तेब्बर माग्ने प्रबृती बढदै जान थालेको छ ।
जिल्लाको बृन्दावन नगरपालिका वडानं ८ बहुअरी टोलकी एक महिलालाई स्थानीय महाजनले सात लाख दिएर २१ खालको तमसुक बनाएको रहस्य खुलेको छ ।
स्थानीय गरिव तथा अनपढ ५० बर्षकी कौशिला देवी महतोलाई गतशाल स्थानीय साउ महाजन मनोज राय यादवले ७ लाख दिएर २१ लाखको तमसुक बनाएर उनको २१ धुर जमिन आफ्नो नाममा गराएका थिय ।
पैसा लिएको एक बर्षपछि म सात लाख दिन्छु ,मेरो जमिन फिर्ता दिनुस भन्दै यादवकोमा जांदा यादवले २१ लाख दे तेरो जमिन फिता गर्छू भनेपछि महतोको होस हवास उडेको थियो ।
सो बिषयमा महतोले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि प्रशासनले प्रहरी मार्फत जिल्ला प्रहरी कार्यालयमा झिकाइएका यादवलाई निषेधाज्ञापछि आउने सर्तमा प्रहरीले छाडेको थियो ।
घरबनाउनका लागि यादवसंग गतबर्ष ७ लाख समान्य ब्याजमा लिएकोमा एक बर्षपछि यादवले २१ लाख मागेको र जमिन समेत फिर्ता गर्न नमानेको स्थानीय बासिन्दा रामकिशोर महतोले बताए ।
यादवले कौशिला देवीले पास गरेर दिएको जमिनमा बनाएको फुसको घर तोडफोड गरेको उनले बताइन् ।
जिल्लाका ग्रामिण भेगमा सात लाख दिएर २१ लाखको कागज बनाएर सोझासाझलाई फसाउने प्रबृतीमा कमी आउन सकेको छैन ।
सो बिषयमा यादवले भने आफुले ८ लाख पैसा लिएर २१ धुर जग्गा आफ्नो नाममा गरेको आफ्नो पैसाको सांवा ब्याज दिए तत्काल जग्गा ती महिलाको नाममा पास गरिदिने बताएकाछन् ।
उनले आफुले नभएर वडा अध्यक्ष सहितको पन्चायतीबाट जमिन खाली गराउने काम भएको स्विकार गरेकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here