अशोक पहाडी
रौतहट,७ भदौ ।
रौतहटको गरुडा नगरपालिकामा एक बालकको शव फेला परेको छ । गरुडा नगरपालिका वडानं ६ पोडियाहीका शेख मेराजका १० बर्षका छोरा हसमुद्धिनको शव घर नजिकैको पोखरीमा फेला परेको हो । आईतबार बिहान १० बजेदेखी हराएका बालकको दिउसो ३ बजे घर नजिकैको पोखरीमा शव फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए । उनी आफै पोखरीमा डुबेका हुन वा कसैले हत्या गरेर पोखरीमा फालेको भन्ने बिषयमा अनुसन्धान भईरहेको डिएसपी महतोले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here