पर्सा, ८ भदौ । पर्सामा अस्पतालमा उपचाररत कोरोना संक्रमितका लागि औषधि मगाइ दिने भन्दै आफन्तसँग चर्को रकम असुल्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज हेल्थ केयर अस्पतालका प्राविधिक हुसैन अन्सारी र एकजना भारतीय नागरिक रहेका छन् । उनीहरुलाई कोरोना संक्रमितको उपचारमा परीक्षण भइरहेको औषधी रेमडिसिभिरको कारोबार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पक्राउ परेका उनीहरुबाट ९ थान रेमडिसिभिर प्रहरीले बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता मनोजित कुँवरका जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here