पर्सा, ८ भदौ । नारायणी अस्पतालमा गरिएको कोरोना परीक्षणमा थप ५३ जनामा संक्रमण पुष्टि भएको छ । पर्सामा ३४ र बारामा १९ जना संक्रमित थपिएका हुन् । थपिएका नयाँ संक्रमितमध्ये सात जना महिला र ४६ जना पुरुष रहेको अस्पतालले जनाएको छ ।
संक्रमितहरु दुई वर्षदेखि ७२ वर्ष उमेर समूहका रहेको प्रयोगशाला प्रमुख डा। नीरा पाठकले जानकारी दिइन् । दुवै जिल्लाका कुल ३०५ जनाको स्वाव परीक्षण गरिएको थियो ।
पर्सामा नयाँ थपिएका संक्रमितसहित प्रदेश २ को सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार पर्सामा कुल संक्रमितको संख्या दुई हजार नाघेको छ ।
आइतबार साँझ सामाजिक विकास मन्त्रालयले पर्सामा मात्र एक हजार ९६७ जना संक्रमित रहेको तथ्यांक सार्वजनिक गरिसकेको थियो । सोमबार ३४ जना थपिएपछि संक्रमितको संख्या दुई हजार १०० पुगेको हो ।