चन्द्रपुर, ८ भदौ । रौतहटको चन्द्रपुर—१ पौराइमा सामाजिक कार्यमा युवा भन्ने नाराका साथ एक भेला सम्पन्न भएको छ । सो भेलाले स्थानिय टिकाराम गोङवाको अध्यक्षतामा ९ सदस्यीय पौराइ युवा जागरण समुह गठन गरिएको छ । सो समुहले उक्त क्षेत्रमा भएका विकृति विसंगति तथा सामाजमा जरो गाडेका विभिन्न कुसस्कारहरुलाई निर्मुल पार्न भुमिका निभाउने सोही समुहका अध्यक्ष टिकाराम गोङवाले बताएका छन् । संस्थाको उपाध्यक्षमा कृष्ण बहादुर मोक्तान , सचिव सुकेन्द्रबन्धु गोले । कोषाध्यक्ष राजेश जर्गा मगर , सदस्यहरुमा दीपनारायण गोले, सनक बहादुर बम्जन , टेक बहादुर योञ्जन , लोक बहादुर लामिछाने र धर्मजित स्याङतान चयन भएका छन । भेलाले ५ सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएको सचिव सुकेन्द्रबन्धु गोलेले जानकारी दिए । यस्तै सो समुहले मासिक ५ सयको दरले रकम उठाई युवा कोष समेत खडा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here