वीरगञ्ज, ८ भदौ । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । शनिबार कोरोना संक्रमण पुष्टि भएकी पर्साको विन्दबासिनी गाउँपालिका–३ इटियाही की ७० वर्षीया वृद्धाको आइतबार विहान ११ः४० बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । क्षयरोग भएकी वृद्धाको स्वास प्रश्वासमा समस्या आएपछि भदौ ६ गते शनिबार परिवारले नारायणी अस्पतालमा भर्ना गरेका थिए । शनिबार नै स्वाब संकलन गरेर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोभिड अस्पतालमा आईसीयु बेड खाली नभएका कारण उनलाई नारायणी अस्पतालकै आईसीयूमा राखेर उपचार गरिएको थियो ।
यो सँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here