??????

बिजयपुर,८ भदौ / अधुरो काम गर्दै हिडने एक निर्माण सेवाको काम निर्माणमा प्रयोग हुने साधान स्थानीयले रोकेकाछन् । रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा १ गमहरियाका गाउंलेहरुले साह निर्माण सेवाको जेसिवी रोकेका रोकेका हुन ।
अधुरो नाला र बाटो निर्माण गर्न मागगर्दै गाउलेहरुले ठेकदार नागेन्द्र साहको जेसिवी गाउंमै रोकिराखेको स्थानीय बाबुलाल यादवले बताएका छन । अधुरो नालामा एकजना नाबालक डुबेको र एक बालक लडेर हात भाच्चियपछी गाउलेहरु ठेकदार साह प्रति आक्रोशित भएको यादवले जानकारी दिएका छन ।
सहरी बिकास तथा भवन डिभिजन कार्यालय वीरगंजबाट निर्माणको ठेका लिएका नागेन्द्र साहले गत माघ महिनामा निर्माण काम सुरु गराएका थिए । २० फिट बाटो बनाउन मेयर गोपाल यादव र ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख ईन्स्पेक्टर चन्द्रकिशोरको सक्रियतामा दर्जनौं घर हटाउनुका साथै काटिएको थियो ।
सोही समय नाला निर्माणका लागि ४ फिट गहिरो खाल्डो खनेर दुबैतिर फलामे रड ठड्याईएको थियो । अधुरो नालामा बर्षाको पानी जमेर स्थानीय धर्मेन्द्र राउतको ३ बर्षिय छोरा शंकर राउत डुबेका थिए ।
लगत्तै छिमेकीले पानी बाट नाबालक लाई उद्वार गर्दा अप्रिय घटना हुनबाट जोगिएको समाजसेवी बाबुलाल यादवले बताए ।
त्यसैगरी सोही ठाउका नन्दु राउत कुर्मिको १० बर्षिय छोरा संतोष राउत अधुरो नालाको रडमा अल्झिएर लड्दा उनको दाहिने हात भांच्चियको थियो । उनलाई उपचारको लागि आईतबार बिरगंज लगिएको पीडित परिवारले जनाएको छ । गत माघ देखि निर्माणको काम सुरुगरेर केहिसमय पछिनै लकडाउन भन्दै काम रोकेकाले हालसम्म काम अधुरो रहेको गाउलेहरुले बताएका छन ।
अधुरो नालाको रडको कारण ठुलो दुर्घटना हुनसक्छ । बाटो बनाउन पनि खाल्डो बनाएकाले सवारी साधन संचालनमा कठिनाइ भएको अर्का स्थानीय बिधानन्द यादवले बताए । ठेकदार नागेन्द्र साहले लगातार ८ दिनमात्र काम गरेपनी नालाको काम पुराहुने यादवले बताए । तर निर्माणमा लागेको जेसिवी लिएर गएमा बर्षौसम्म नाला र बाटो अधुरो रह्ने देखेर गाउंले आक्रोशित भएका छन । गाउले हरुले सहरी विकास तथा भवन डिभिजन कार्यालय का कर्मचारीको लापरवाहीले पनि समयमा कामहरू पूरा हुन नसकेको आरोप लगाएका छन ।
सहरी विकास तथा भवन डिभिजन कार्यालय बिरगंजका प्रमुख रंजन दाशले खाल्डो खनेर दुर्घटना निम्त्याउन कुनै अवस्थामा नपाउने भएकाले अबिलम्ब नाल निर्माणको काम पूरा गर्न ठेकदार नागेन्द्र साहलाई निर्देशन दिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here