महोत्तरी,९ भदौ । कोरोना भाइरसको संक्रमणबाट महोत्तरीमा मंगलबार मात्र थप २ जनाको मृत्यु भएको छ ।
महोत्तरीको मनरा सिस्वा नगरपालिका ५ बस्ने ७५ वर्षीय एक पुरुषको उपचारको लागि जिल्ला अस्पताल जलेश्वर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । कोभिड १९ व्यवस्थापन समितिका फोकल पर्सन गिरेन्द्र झाका अनुसार उनी दीर्घरोगी थिए । उनी क्यान्सर रोगी थिए, उनको उपचार चितवनस्थित भरतपुर अस्पतालमा हँदै थियो,ु उनले भने । उनी भदौ ३ गते कोरोना संक्रमित भएका थिए । उनलाई उपचारका लागि जलेश्वर स्थित आइसोलेशनमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here