बसन्त लामा
गैडाटर,९ भदौ ।
रौतहट जिल्लाको चुरे फेदीका गाउमा काठ तस्करी तिब्र भएको छ । वन कर्मचारीकै मिलेमतोमा काठ तस्करी बढेको हो । चन्द्रपुर नगरपालिका को वडा नम्बर ३ स्थित अरुण बस्ती मा काठ तस्करी को बिगबिगती बढेको हो ।
रौतहट जिल्लामा कोरोना भाइरस को प्रकोप बढेपछी बन्दाबन्दी को मौका छोप्दै काठ तस्करी को बिगबिगती बढेको स्थानीयले तराई एक्सप्रेसलाई बताए ।
चन्द्रपुरको उत्तरी भेगमा बर्षादको कारण जिल्ला वन कार्यालयको गस्ती गर्ने बाटोमा हिलो भएपछि गस्ती गर्ने गाडी जानु नसक्ने सम्भाबना भएकोले अरुण बस्ती को फुटवल खेल्ने चौरको आसपासमा तस्करीले दिनदाहाडैै राष्ट्रीय वन भित्र काठ चिरान भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here