सर्लाही ९ भदौ । राष्ट्रिय समाचार समिति(रासस) सर्लाहीका जिल्ला समाचारदातामाथी आक्रमणको प्रयास भएको छ । अपराध,खोज तथा अनुसन्धानमा सक्रियता देखाएका जिल्ला समाचारदाता शंखर पहाडीमाथी अज्ञात समुहले आक्रमणको प्रयास गर्नुको साथै गाली बेइजेती गरेका छन ।
स्थानिय ढुकढुकी एफएम ९५.२ मेगाहर्जका समाचार प्रमुख समेत पत्रकार पहाडीमाथी रेडियोबाट काम सकेर घरजाने क्रममा गत शनिबार साँझ करिब ७ ः १० बजेको समयमा लालबन्दी नगरपालिका ६ को जनवादी चोकमा ५ जनाको समुहमा आएका नकावधारी अपरिचित समहुले पत्रकार पहाडीमाथी आक्रमणको प्रयास गर्नुको साथै गालीवेइजेती गरेका पत्रकार पहाडीले बताएका छन ।
असार ९ गते मंगलबार जिल्लाको हरिपुर नगरपालिकाको लेखा शाखामा अख्तीयार दुरुपयोग अनुसन्धान आयोगले गरेको स्टिङ्ग अप्रेसनमा केही सहयोग गरेको अभियोगमा पत्रकार पहाडीमाथी पटक पटक विभिन्न माध्यामबाट धम्कीहरु आएका र सोही विषयलाई लिएर आक्रकमणको प्रयास भएको हुन सक्ने पत्रकार पहाडीले अनुमान गरेका छन ।