बगैचामा पानी हाल्ने माली पनि तिमी नै हौ ।
सपनिमा चस्स पार्ने साली पनि तिमी नै हौ ।

मेसेन्जर अन गर्दा किरिङ्गरिङ घण्टी बज्ने।
मन मन्दिरमा पुजा गर्ने थाली पनि तिमी नै हौ।।

टियाग गर्दै म्य्यासेज संगै फोटाे अप्लोड गर्ने पनि।
संन्जालमा छियाङगै देख्ने काली पनि तिमी नै हौ।।

जवानीको बासना संगै मन्त्र मुग्द्ध भए पनि ।
हृदयको खेतमा फल्ने बाली पनि तिमी नै हौ।।

देवताझैं सधैं आरधना ,पुजा तिमीले गरे पनि।
सोझोलाई बङ्गयाई दिने महा जाली पनि तिमी नै हौ।।

कोईकोई बेला दङ्गयाउँदै मेरै काखमा बसे पनि
बेला बखत बजाइदिने ताली पनि तिमी नै हौ।।

दिल भित्रको कथा, बेय्था छाँगाे जस्तै झरेपनि।
सम्हाल्ने र पखाल्ने त नाली पनि तिमी नै हौ ।

तारा पौडेल

सुर्योदयनगरपालीका ,3
पशुपतिनगर
इलाम ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here