चन्द्रपुर,१० भदौ ÷
जिल्लाको चन्द्रनिगाहपुरमा रहेको नापी र मालपोत कार्यालयमा कर्मचारीको मनपरी बढ्दै जान थालेको छ । लामो समयको लकडाउन र निषेधाज्ञाको बेलामा कार्यलय बन्द रहेको भएपनि भित्र भित्र पैसा लिएर काम हुने गरेको समाचार प्राप्त भएको छ ।
स्थानीय जग्गा दलाल र कर्मचारीको मिलेमतोमा कर्मचारीले पैसा लिएर राजिनामा पास लगाउने लगाएतका काम गरेर पुर्जा भने कार्यलय खुलेकै दिन दिने भन्दै रकम कुम्ल्याउन लागि परेको समाचारस्रोतले बताएको छ । लामो समय देखी कार्यालय बन्द रहेका कारण कमाउन नपाएका मालपोत कार्यालयका कर्मचारीहरु यतीबेला खुसुक्क कार्यालयमा जाने र दलालले लगेका मान्छेको माटो रकम लिएर काम गराउन सक्रिय रहेको एक स्थानीयले तराई एक्सप्रेसलाई जानकारी दिएका छन् । चन्द्रपुर नगरपालिकाकै भ्रष्ट कार्यलयका रुपमा परिचित रहेको मालपोत कार्यालयमा निषेधाज्ञाका बेला पनि कर्मचारीले भित्रभित्रै काम गराउने गरेको एक लेखनदासले जानकारी दिएकाछन् ।
सो कार्यालयमा हुने गरेको यस्तो अनियमिताका कारण सेवाग्राहीले माटो रकम घुसवापत दिनु परेको छ । २०७७ भदौ १० गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।