अशोक पहाडी
,रौतहट,१० भदौ ।
जिल्लाको गढीमाई नगरपालिकामा पर्ने बागमती नदीमा ऋषि पञ्चमिको अवसरमा नुहाउन जँदा बेपत्ता तिनैजना बालिकाको शव बरामद भएको छ । गत ७ गते बिहान गढीमाई नगरपालिका वडा नं. ७ धर्मपुर टोल बस्ने भदै मुखियाकी अन्दाजी १० वर्षीया छोरी पिंकु कुमारी मुखिया, लक्षुमण दासकी १२ वर्षीया छोरी सुसिता कुमारी दास र छट्टु मुखियाकी १० वर्षीया छोरी चञ्चल कुमारी मुखिया बागमतीमा नुहाउन जादा बेपत्ता भएका थिए ।
प्रहरीले सोहि दिन अपरान्ह ३ बजेको समयमा पिंकु कुमारी मुखियाको शव बरामद गरेको थियोे । मंगलबार माधवनारायण नगरपालिका–८ स्थित बाग्मती खोलाको किनारमा सुसिता कुमारी दासको र राजदेवी नगरपालिका–९ ब्रम्हपुरीस्थित बागमती नदीको पूर्वपट्टी किनारमा चञ्चल कुमारी मुखियाको पनि शव फेला परेको रौतहट प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here