गौर, १० भदौ । रौतहटमा भएको दुईटा हत्याको सत्य तथ्य छानविन गरी दोषीलाई कडा भन्दा कडा कारवाही गर्न विवेकशील नेपाली दल रौतहटले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । रौतहटमा गत हप्तामा भएको विभित्व घटनाको सत्य तथ्य अनुसन्धान गर्न विवेकशील नेपाली दलको माग रहेको छ ।
रौतहटको गरुडा नगरपालिकाको वार्ड न ८ मा बस्ने अन्दाजी उमेर २० वर्षीय निरञ्जन रामको घाटी रेतेर श्रावण ३१ गते विभित्सव हत्या भएको थियो । त्यसैकै एक हप्ता नवित्दै अर्को रौतहत जिल्लाकै माधावनरायण नगरपालिकाको वार्ड न २ खेसरहीया टोलको हनुमान मन्दिरको पुजारी श्री राम साहलाई खाना खाने बेलामै गोली हानी हत्या गरेको थियो । उक्त दुवै घटनाको कारण रौतहट जिल्लाको सुरक्षा निकाय प्रतिको विश्वस गुमेको देखिन्छ । उक्त घटनाको सत्य तथ्य छानविन गर्नको लागि विवेकशील नेपाली दलको प्रदेश न। २ को कोषा अध्यक्ष विवेक शर्माको नेतृत्वमा बसेको जिल्ला अध्यक्ष लखिन्द्र कुमार गुप्ता, कृष्णन्दन सहनी, गजेन्द्र साह, गजेन्द्र पटेल, विगु साह, सुरेन्द्र साह लगायत प्रदेश सदस्य प्रेम शंकर मिश्रको उपस्थितिमा बसेको अनलाईन बैठकले यस घटनाको बास्तविक छानविन हुनु पर्छ भने निष्कर्स निकाली उक्त ज्ञापन पत्र रौतहत जिल्लाको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको कार्यकक्षमा बुझाएको छ ।
उक्त ज्ञापन पत्रमा यस रौतहट जिल्लामा भएको गरुडा न।पा। ८ मा करिव २० वर्षिय निरन्जन रामको घाटि रेति गरिएको हत्याराहरुलाई वास्तविक छानविन गरी दोसीलाई यथासिघ्र प्रहरी नियन्त्रणमा लिन तथा समातेर राखेको मध्ये निर्दोशहरुलाई यथासिघ्र रिहाई गराउ , यसै जिल्लामा भएको माधवनरायण नगरपालिका –२ को खेसरहीया टोलमा करिव ६० वर्षिय श्री राम साह पुजारीको हत्यारालाई चाडोभन्दा चाडो वास्तविक अनुसन्धान गरी हत्यारालाई यथासिघ्र करवाही होस । यस जिल्लामा सुरक्षाको दायरा बढाई सर्वसधारण जनताहरुलाई सुरक्षाको अवभास गराउन । भने माग सिडियो कार्यालयमा आज विवेक शर्मा, लखिन्द्र कुमार गुप्ता, सुरेन्द्र साह, प्रेम शंकर मिश्र, गजेन्द्र साह, गजेन्द्र पटेल, कृष्णन्दन सहनी, रंजित पाल, चुनचुन राम, जितेन्द्र रामको टेलीले ज्ञापन पत्र बुझाएको छ ।
