ओम प्रकाश यादव
गरुडा, ११ भदौ । जनता समाजवादी पार्टीका रौतहट जिल्ला इन्चार्ज एवं मधेश प्रदेश सदस्य वृज किशोर यादवले प्रहरी हिरास्तमा बसबिटि जिंगडियाका विजय राम चमारको मृत्यु भएको खबरले आफनो पार्टी र आफुलाई स्तब्ध बनाएको बताएका छन ।
नेता यादवले आज एक प्रेस विज्ञप्ती जारी गर्दै गरुडा नगरपालिका ८ बसबिटि जिंगडियाका निरन्जनको हत्याको आरोपमा इलाका प्रहरी कार्यालय गरुडाले अनुसन्धानको लागि हिरास्तमा लिएका युवक विजय रामको गएराति भएको दुखद निधनले आफुलाई दुखी बनाएको जनाएको छ ।
हिरास्तमा रहेका चमारको नेशनल मेडिकल कलेज विरगंजमा गएराति १ बजेको समयमा उपचारकै क्रममा मृत्यु भएको थियो । गएको साउन ३२ गते गरुडा नगरपालिकाको जिंगडिया स्थित शिवानी आयल स्टोर्स नजिक अज्ञात समुहले सर्च नरसरी फलफुल गरुडामा कार्यरत जिंगडिाका निरन्जन रामको घाटी रेटेर विभत्स हत्या गरेको थियो । हत्याको आरोपमा घटनाको भोलीपल्ट गरुडा प्रहरीले मृत्क विजय राम चमार सहित ७ जनालाई पक्राउ गरेको थियो ।
प्रहरी हिरास्तमा रहेका चमारको प्रहरीको निर्घात कुटपिटबाट मृत्यु भएको नेता यादवले विज्ञप्तीमा उल्लेख गरेका हुन । हिरास्तमा रहेका बेला प्रहरीले ज्यान लिने गरी निर्घात कुटपिट गरेको र चरम यातना दिएको कारण चमारको मृत्यु भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here