गरुडा,११ भदौ । रौतहटमा भएको निरन्जन राम हत्या काण्डमा पक्राउ परेका एकजना युवाको मृत्यु भएको छ ।
गत साउन ३१ गते राती २० बर्षका निरन्जन रामको घाटी रेटि हत्या भएको थियो । सो हत्यामा संलग्न रहेको भन्दै प्रहरीले गरुडा नगरपालिका ८ बसविटी जिगडियाका २० बर्षिय अजयकुमार रंजन, १९ बर्षिय विवेक कुमार यादव, १९ बर्षिय अर्जुन राम, २० बर्षिय सिकिन्द्र राम, १९ बर्षिय विजय महरा, सहित सात जनालाई पक्राउ गरेको थियो ।
१९ बर्षका विजय महराको बुधबार राती वीरगंज स्थित नेशनल मेडिकल कलेजमा ज्यान गएको हो । भदौ १ गते पक्राउ परेका उनलाई तीन गते देखी स्वास्थ्य समस्या आएको र ३ गते नेशनल मेडिकल कलेजमा भर्ना गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञानकुमार महतोले तराई एक्सप्रेसलाई जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here