गरुडा ११ भदौ । रौतहटमा भएको निरन्जन राम हत्या काण्डमा पक्राउ परेका १९ बर्षका विजय महराको बुधबार राती वीरगंज स्थित नेशनल मेडिकल कलेजमा मृत्यु भएको छ । प्रहरीले महालाई निर्घात रुपमा कुटपिट गरेर महराको अवस्था चिन्ता जनक भएपछि उनका उपचार नेशनल मेडिकल कलेज वीरगञ्जमा गराई रहेका थिए । तर उनलाई उपचारकै क्रममा मृत्यु भएको हो । प्रहरीको कुटाईबाट महराको मृत्यु भएको भन्दै स्थानियले विरोध जनाइरहेका छन् । स्थानियले हजारौंको संख्यामा आएर ईलाका प्रहरी कार्यालय गरुडा अगाडी प्रदर्शन गरिएको हो । गरुडाको अवस्था अहिले तनाबग्रस्त छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here