गरुडा, ११ भदौ । रौतहटमा प्रहरी हिरासतमा रहेका ७ जना मध्ये एक युवकको मृत्यु भएको छ । जिल्लाको गरुडा नगरपालिका ८ बसबिटि जिंगडिायाका २० वर्षिय निरन्जन राम चमारको हत्यामा संलग्न रहेका आरोपमा पक्राउ परेका सात जनामध्ये एक युवकको मृत्युु भएको छ । प्रहरी हिरासतमा रहेका गरुडा नगरपालिका–८ जिंगडिया टोलका १९ वर्षीय विजयराम चमारको बुधवार राति १ बजे मृत्यु भएको हो । सोही ठाउँका २० वर्षीय निरञ्जन राम चमारको हत्यामा संलग्न रहेका भनिएका विजयरामको उपचारका क्रममा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा बुधवार राति मृत्युु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खडकाले जानकारी दिनुभएको छ । हत्या आरोपमा पक्राउ परेका छोरालाई प्रहरीले मरणासन्न हुने गरी कुटपिट गरेकाले सहन नसकी उनको उपचारका क्रममा मृत्यु भएको मृतक विजयरामका बुबा पनिलाल चमारले आरोप लगाउनुभएको छ । निर्दोष छोरालाई हत्यामा फसाउने नियतले प्रहरीले जबरजस्ती पक्राउ गरेको मृतक रामका बुबा चमारको दाबी छ ।