रौतहट, ११ भदौ । रौतहटको एक विरामीको वीरगञ्जमा मृत्यु भएको छ । जिल्लाको राजदेवी नगरपालिका–७ मुडवल्वाका ८० वर्षीय वृद्धको नारायणी अस्पतालमा उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको वीरगञ्ज नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए । उनको पीसीआर परीक्षण रिपोर्ट आउन बाँकी छ । सास फेर्न समस्या भएपछि वीरगञ्ज ल्याइएका उनलाई तराई हस्पीटलमा भर्ना गरिएका थिए । कोरोनाको शंका लागेपछि तराई हस्पीटलले नारायणीमा पीसीआर परीक्षणका लागि पठाएको थियो र उनको त्यहीँ मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here