अशोक पहाडी
रौतहट,११ भदौ ।
सशस्त्र प्रहरीले २८ लाख ५१ हजार ९ सय ६० रुपैया स्रोत नखुलेको रकम सहित एकजनालाई पक्राउ गरेको छ ।
रौतहट ईशनाथ नगरपालिका ९ लवतनाटोलबाट सशस्त्र प्रहरीले सो रकम बरामद गरेको हो । भारतबाट नेपालतर्फ आउदै गरेको मोटर साईकलमा राजपुर नगरपालिका ९ बैरिया बस्ने शिवनाथ साहको २० बर्षको छोरा दिलिप कुमार साहलाई चेकजाच गर्ने क्रममा उनको साथबाट श्रोत नखुलेको सो रकम बरामद भएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वाटर रौतहटबाट सशस्त्र प्रहरी उपरीक्षक सूर्य बहादुर सेन ओलीको कमाण्डमा खटिएको टोलीले चेकजाच गर्ने क्रममा नगद रुपैया व्यक्ति मोटरसाईकल र मोबाईल सहित नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाउने तयारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here