रौतहट, १३ भदौ । हत्या आरोपमा पक्राउ परेका विजय रामको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक ज्ञान कुमार महतो प्रदेश प्रहरी कार्यालयमा तानिएका छन् । ‘महतोको ठाँउमा तत्कालका लागि जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी भरत श्रेष्ठलाई गरुडा पठाइएको छ । घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले उपसचिवको संजोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको छ । समितिमा प्रदेश प्रहरी कार्यालयका उपरिक्षक र रौतहटका अनुसन्धान कार्यालयका उपरिक्षक सदस्य छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here