गुजरा,१४ भदौ / रौतहट जिल्लाको गुजरा नगरपालिकाका नगर प्रमुख र उप प्रमुख बीचको विवाद फेरी एक पटक चुलिदै
गएको छ । उप प्रमुख रौशन खातुनले आफू नगरप्रमुखबाट अन्यायमा परेको भन्दै केही दिन अघि ५ सुत्रीय माग राखेर प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई निवेदन बुझाए पश्चात नगरपालिकाको बिवाद फेरि एक पटक बाहिर आएको हो ।
नगरप्रमुखले विभिन्न आर्थिक वर्षमा भएको खर्च, प्रदेश सरकारबाट प्राप्त अनुदानको खर्च तथा आर्थिक वर्ष २०७५/ ७६ र ०७६/७७ को राजश्वको आम्दानीको खर्च विवरण र आफुले चड्ने गाडीको भाडा उपलब्ध नगराएको भन्दै उपप्रमुख खातुनले न्यायको लागि प्रमुख जिल्ला अधिकारी यादवलाई गुहार्न पुगेकी छिन तर यथार्थ फरक रहेको नगर प्रमुख सन्तलाल चौधरीले तराई एक्सप्रेसलाई बताएका छन् ।
नगर प्रमुख चौधरीका अनुसार उप प्रमुख खातुनले आफु माथि लगाइएको आरोपमा कुनै सत्यता नभएको बताए । उपप्रमुख खातुन प्रति हाम्रो कुनै गुनासो नभए पनि उनले आफ्नो श्रीमान शेख बद्रुदिनको गलत निर्देशनका कारण सधैं नगरपालिकामा विवाद सृजना हुने गरेको नगर प्रमुख चौधरीको भनाई रहेको छ । उपप्रमुख खातुनका श्रीमान बद्रुदिनले प्रत्येक आर्थिक वर्षको शुरु र अन्त्यमा आफ्नो भागमा धेरै विकासका योजना पार्न सकिन्छ कि भन्ने मनसायले विभिन्न निहु पारेर किचलो गरेर नगरपालिकाको बदनाम गर्ने गरेको नगर प्रमुख चौधरीले बताए ।
उनका अनुसार सधैं उप प्रमुख कै भनेको मान्नु पर्ने उहाले भनेको वडामा बढी योजना पारिदिनु पर्ने त्यसो नगर्दा भए नभएका आरोप लगाएर नगरपालिका र नगर प्रमुखलाई बदनाम गर्न खोज्नु निन्दनीय भएको बताए । यता सो नगरपालिकाका वडा नम्वर ५ लक्ष्मीपुरको मदरसा देखि वडा नम्वर ४ को कनकपुर थारुटोल सम्मको बाटोमा ग्राभेलको काम गुणस्तरीय नभएकोले त्यसको काम अनुसारको भुक्तानी गरेका कारण असन्तुष्ट हुदै यी विभिन्न आरोपहरु आफु माथि लगाएको नगरप्रमुख चौधरीको कथन रहेको छ ।
त्यसै गरी विभिन्न आर्थिक वर्षको आम्दानी खर्च तथा गाडीको भाडा उपलब्ध गराउने विषयमा नगरपालिकाका प्रशासकीय अधिकृत नन्देश्वर चौधरीले जिल्लामा अहिले बन्दाबन्दीको अवस्था रहेकोले यसको अन्त्य संगै उप प्रमुख खातुनले खोज्नु भएको विभिन्न आर्थिक वर्षको आम्दानी खर्चको विवरण उपलब्ध गराउने भन्दा भन्दै प्रमुख जिल्ला अधिकारी समक्ष गुहार्नुको कुनै अर्थ नरहेको बताए ।
जहा“ सम्म गाडी भाडाको कुरा रह्यो हामीले उपलब्ध गराउदै आएको छौ र उपलब्ध पनि गराउछौ तर गाडीको गलत दुरुपयोग गरेका कारण मैले भुक्तानी रोकेको प्रशासकीय अधिकृत चौधरीको भनाइ रहेको छ । हामीले गाडी उप प्रमुखको प्रयोगको लागि दिएको हो नकी उहाको श्रीमानको प्रयोगको लागि, उप प्रमुख खातुनले भन्दा उहांको घरायसी काममा नगरपालिकाको गाडी बढी प्रयोग हुने गरेकाले चारै तिरबाट बिरोध हुने गरेको छ । यी कुराहरुमा बिचार गर्नु भन्दा हामी माथि उल्टै हुदै नभएका आरोप लगाए । प्रशासकीय अधिकृत चौधरीले भने, हामी पनि त कर्मचारी हो यी सबै कुराको जवाफ दिनु पर्छ, यो सबै कुरा जानकारी गराउदा हामी माथि गलत आरोप लगाउनु शोभनीय नभएको बताए ।
यता उप प्रमुख खातुनको बचाऊ गर्दै उनका श्रीमान शेख बद्रुदिनले नगरपालिकाको गाडी उप प्रमुख बाहेक घरायसी काममा प्रयोग नगरेको प्रष्ट पारेका छन् ।
उनले जहासम्म मैले गरेको विकास निर्माणको काम गुणस्तरीय भएन भन्ने सवालमा त्यस्तो भएको जस्तो लाग्छ भने छानविन समिति गठन गरेर निरीक्षण गर्न समेत नगरप्रमुखलाई सुझाए ।
गत वर्ष पनि नगर प्रमुख र उप प्रमुख बीचको यस्तै विवादले उग्ररुप लिदा उप प्रमुख खातुन नजिकका व्यक्तिले नगरपालिकाका विभिन्न समान तोडफोड गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here