अशोक पहाडी
चन्द्रनिगाहपुर,१४ भदौ । चन्द्रपुर नगरपालिकाको बिभिन्न स्थानका सर्बसाधारणको रोजाई बन्दै जान थालेको मकवानपुरमा पर्ने एक झरना ।
चन्द्रपुर नगरपालिका ३ गैडाटार भन्दा करिव ५ किलोमिटर मस्तीर चादी खोलामा पर्ने जिडी झरना पछिल्लो समय स्थानीय युवाको रोजाई बनेको छ । लकडाउन र निषेधाज्ञाको बेला चर्को गर्मीको यो मौषममा नगरभरीका युवा युवतीको रोजाईमा सो झरना पर्दै जान थालेको चन्द्रपुर ३ का वडाअध्यक्ष बोधनाथ देवकोटाले तराई एक्सप्रेसलाई बताए ।
झरनामा नुहाउदा रमाईलो भएको चन्द्रनिगाहपुरका स्थानीय ब्यापारी राजु तिवारले बताए ।
पछिल्लो समय सो स्थानमा नुहाउन जाने युवा युतीको संख्या बढदै जान थालेको छ ।