वीरगञ्ज १४ भदौ । वीरगञ्जको कोभिड अस्पतालमा उपचाररत रौतहटका एक पुरुषको कोरोना संक्रमणका कारण आइतबार मृत्यु भएको छ । कोरोना संक्रमणका कारण रौतहटको राजपुर तुलसी निवासी ४० वर्षका पुरुषको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । संक्रमित पुरुषको उपचारका क्रममा आइतबार बिहान ७ बजेर ४० मिनेटमा ज्यान गएको चौरसियाले बताए। गत भदौ १२ गते उपचारको लागि अस्पतालमा भर्ना भएका ती पुरुष मधुमेह रोगले पहिले देखि नै ग्रसित थिए । यस्तै उनमा पछिल्लो समय निमोनियासमेत देखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here