अशोक पहाडी
गरुडा,१५ भदौ । ईलाका प्रहरी कार्यालय गरुडा रौतहटको हिरासतमा रहेर प्रहरीको कुटाइबाट ज्यान गएका विजय महराको बिषयलाई लिएर स्थानीयले सोमबार समेत ईलाका प्रहरी कार्यालय गरुडा अगाडी बिरोध प्रर्दशन गरेकाछन् । बिगत तीन दिन देखी सो स्थानमा प्रहरीको बिरुद्ध नारावाजी हुदै आएको छ ।
उनीहरुले डिएसपी ज्ञानकुमार महतोको पुत्ला समेत जलाएका छन् । हात हातमा कुचो सहित निस्केको दलितहरुको बिरोध कार्यक्रममा जिल्लाका अधिकांस दलितहरुको सहभागिता रहेको थियो ।
ईलाका प्रहरी कार्यालय अगाडी टेण्डनै टांगेर पुर्व राज्य मन्त्री बिसेन्द्र पासवान सहितको टोली रिले अनसनमा बसेको छ । पासवानले प्रहरीकै मिलेमतोमा हिरासतमा रहेका विजय महराको कुटपिटबाट हत्या भएको दावी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here