गरुडा, १५ भदौ । गोली हानेर पुजारीको हत्या गरिएको स्थानमा मन्दिर तथा मठ निर्माण गर्नका लागि आज शिलान्यास गरिएको छ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले गरेको घोषणा बमोजिम रौतहटको माधव नारायण नगरपालिकाको खेसरहियामा हनुमान मन्दिर तथा मठ निर्माणका लागि सोमबार शिलान्यास गरिएको हो । सांसद साहले हिजो (आइतबार) मात्रै उक्त स्थानमा मन्दिर र मठ निर्माण गर्ने घोषणा गरेका थिए । सांसद साहको पहलमा निर्माण हुने उक्त मन्दिरको शिलान्यास मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साह, माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमलदेवी साह र देवाही गोनाही नगरपालिकाकी उपमेयर परनिया देवी पटेलले संयुक्त रुपमा गरेकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here