रुपेन्द्र पटेल,बृन्दावन,१५ भदौ ।
बन्दाबन्दीको ६ महिनाको अवधीमा रौतहटको वनमा ठुलो हानी नोक्सानी भयो । दैनिक जसो काठ बरामद हुन्छ ,तर काठ तस्कर भने पक्राउ पर्दैनन् । निषेधाज्ञाको मौका छोपी रौतहटको वनमा व्यापक चोरी तस्करी बढेको छ । काठ चोरले वनमा दिउसै काठ चिरान गरेर लादा समेत वन कर्मचारी पत्तो पाउदैनन् । निषेधाज्ञा बढदै जांदा काठ चोरी तस्करी समेत बढदै जान थालेको छ । वर्षा लागेपछि वन कर्मचारीहरु गस्ती जान छाडेपछि काठ चोरको वनमा राज चलेको स्थानीयले बताएकाछन् । जिल्लको बृन्दावन सव डिभिजन वन कार्यालयको मातहतबाट तिब्र रुपमा तस्करी भईरहेको स्थानिय वासिन्दाले बताएका छन् । स्थानियका अनुसार सो वन कार्यालको मातहतबाट तस्करले प्रत्येक राती ठुलो परिमाणमा काठ तस्करी गरेर लाने गरेको स्थानीयको भनाइ छ ।
वनमा खुल्याम रुपमा तस्करी भईरहेको र वन कर्मचारी वास्ता नगरेकोले वन कर्मचारीकै मिलोमतोमा तस्करी भईरहेको स्थानियले आशंका गरेकाछन् । बृन्दावन सव डिभिजन वन कार्यालयको मातहतको वनबाट तस्करले प्रत्येक राती समुह बनाएर सखुवाको गोलिया तस्करी गर्ने गरेको एक स्थानीयले तराई एक्प्रेसलाई जानकारी दिएका छन् ।
डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले दैनिक जसो चिरान काठ बरामद गर्ने गरेको भएपनि काठ चोरी तस्करीमा सक्रियलाई भने पक्राउ गर्न नसकेका कारण वनका ब्यापक हानी नोक्सानी भएको गाउलेहरुको भनाइ रहेको छ । केहीदिन पहिला जिल्लाको चुरेफेदीमा दिउसै काठ चिरान गरेर तस्कर समुहले बाराको बिभिन्न स्थानमा बिक्रि बितरण गर्ने गरेको समाचार तराई एक्सप्रेसले प्रकाशन गरेपछि वन गस्ति टोलीले आईतबार गैडाटार क्षेत्रबाट ठुलो परिणाममा चिरान गरेर जमिन मुनी लुकाइ राखेको अवस्थामा चिरान काठ बरामद गरेको छ । पछिल्लो समय मैरा,चोचा ,गैटार ,भोलनटार,बृन्दावन लगाएतका स्थानमा दिनहु जसो राती र दिउसै काठ तस्करी हुने गरेको भएपनि वन कर्मचारी वास्ता नगरेको स्थानीयको भनाइ रहेको छ ।