अशोक पहाडी ,
रौतहट,१५ भदौ ।
जिल्लामा दुई सातामा तीन जनाको हत्या भएको छ । एकपछि अर्को हत्याको घटनाले जिल्लाबासी त्रसित बनेकाछन् ।
शृखलाबद्ध हत्याका घटना भइरहेको रौतहटमा फेरि एक महिलाको शव भेटिएको छ । आइतबार साझ गढीमाई नगरपालिका वडा नम्बर ३ लक्ष्मीपुर गाउको उखुबारीमा हत्या गरेर फालिएको अवस्थामा अन्दाजी ४० वर्षीया मिन्त्रा देवीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । साउन ३१ गते गरुडा नगरपालिका वाड नंं ८ जिगंडियामा सच नर्सरीमा कार्यरत २० वर्षीय निरन्जन पासवानको घांटी रेटेर हत्या भएको थियो । भदौ ३ गते राति नौ बजेतिर हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको पनि हत्या भएको थियो । रुनिरन्जन र पुजारी हत्याकाण्ड भएपछि पनि जिल्लामा हत्या शृखला रोकिएको छैन ।
जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काका अनुसार लक्ष्मीपुर गाउका सकल बैठाकी श्रीमती मित्रा देवी १० बजे घांस काट्न भनेर घरबाट निस्किएकी थिइन् । हत्या भएका ३ वटै क्षेत्र इलाका प्रहरी कार्यालय गरुडाको कार्यक्षेत्रभित्र पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here