चन्द्रपुर,१७ भदौ /खोला गाउमा पस्न नदिनका लागि नेपाल सरकारले जल उत्पन्न प्रखोप नियन्त्रण कार्यालय प्रवानीपुर बाराले लगाएको बागमतीको स्पर निर्माणको काम समयमा नसकिदा बागमती खोलाको पानी बर्षायाममा सर्लाहीको राजघाट स्थित गाउमा पस्ने अवस्था रहेको छ ।
नेपाल निर्माण ब्यावसायी महासंघका केन्दं्रीय अध्यक्ष रवी सिहको श्रीमतीको नाममा रहेको अन्जना निर्माण सेवाले बागमती खोला तटबन्धका लागि सर्लाहीको बागमती नगरपालिकाको नौ लखा भन्ने ठाउमा स्पर निर्माणको ठेक्का लिएको थियो । सिंहले स्थानीय पेटी ठेकेदार हरेस महतोलाई काम गर्न दिएका थिय ।
समयमा काम नगरेपछि पटक पटक ताकेता गर्दा समेत काम नगरेको जलउत्पन्न प्रखोप नियन्त्रण कार्यालय परवानीपुरका प्रमुख राजकुमार श्रीवास्तवले तराई एक्सप्रेसलाई बबताए ।
सिंहकै कम्पनीले बकैया नदि नियन्त्रणका लागि १६ वटा स्पर निर्माणको ठेक्का पाएको भएपनि अहिले सम्म काम सम्पन्न गर्न सकेको छैन् । सो स्थानमा समेत सिंहका पेटी ठेकेदारले काम गर्दै आएकाछन् । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको करुनियामा १६ वटा स्पर निर्माणको ठेक्का लिएको सिंहको कम्पनीले समयमा काम सम्पन्न नगरेका कारण स्थानीय बासिन्दा हरेक बर्ष बाढीको चपेटामा पर्ने गरेको स्थानीय बासिन्दा शेख फुलबाबुले बताए । सिंहको नाममा रहेको अन्जना निर्माण सेवा र महादेव खिम्ती निर्माण सेवाले लिएको अधिकास काम साना पेटी ठेकेदारलाई दिएका कारण समयमा सम्पन्न हुन नसकेको स्थानीय निर्माण ब्यावसायीहरुले बताएकाछन् ।
नेपाल निर्माण ब्यावसायी महासंघका अध्यक्ष रहेका सिंहले रौतहट र सर्लाहीमा लिएको काम समयमा सम्पन्न नगरेको बिषयमा रौतहटका अधिकास निर्माण ब्यावसायीले मुख खोल्न चाहेनन् ।
तर उनको निर्माण कम्पनीले लिने ठेक्का उनले कमीसनमा स्थानीय साना ठेकेदारलाई दिने गरेको र उनीहरुले समेत समयमा काम नगर्ने गरेको जानकारहरुको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here