गरुडा, १८ भदौ । रौतहटमा गत आईतबार उखुबारीमा हत्या भएकी महिलाका परिवारलाई राहत सहयोग भएको छ । जिल्लाको गढीमाई नगरपालिका वडा—३ लक्षमीपुरका सकल बैठाको अन्दाजि ३५ वर्षका श्रीमती मिन्त्री देवीलाई अज्ञात ब्यक्तिले गाँउछेउकै उँखुुबारीमा घाँटी कसेर मारेका अवस्थामा शव बरामद भएको थियो । घटनाबारे जसपा नेता तथा समाजसेवी कन्थमनी जयसवाले घोर भर्सना गर्दै पिडित सकल बैठाको घरमा पुगी राहत सहयोग गरेको नेता कन्थमनी जयसवालले बताएका छन् । घाँस काट्न गएकी महिलाई हत्या भएको प्रती जसपाका नेता कन्थमनि जयसवाल, जसपाका गढीमाई नगरपलिकाका सभापती राजिव रञ्जन यादव, डा. उपेन्द्र गुप्ता लाएतका ब्यक्तिहरु घोर भर्सना गर्दै घटानाको सही र निसपछ छानबिन हुनुपर्ने माग राखदै पिडित परिवारलाई समासेवी कन्थमनि जयसवालले आफ्नो ब्यक्तिगत तर्फबाट १ कुईण्टल चामल, ५० किलो आलु, २० किलो दाल, एक थान ग्यास सिलिण्डर र चुलो सहयोग गरेका छन् । यस्तै जसपाका गढीमाई नगरपलिकाका सभापती राजिव रञ्जन यादवले घटनाबारे दुःख ब्यक्त गर्दै पिडित परिवारलाई नगद ७ हजार सहयोग गरेको बताएका छन् । मजदुरी गर्दै आफ्नो जिवन चलाउदै आएका महिलाको अचानक हत्या भएकोले सो गाउँका स्थानिय त्रसित बनेका छन् । गढीमाई नगर क्षेत्र भित्र यस्तो घोर अन्याय र घटना भएपनि कुनै जनप्रतिनिधि वा कुनै नेताले हाम्रो पछमा आवाज उठाउन नसकेको मृतकका श्रीमान सकल बैठाले दुखेसो पोखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here