रुपेन्द्र पटेल
चन्द्रपुर, १९ भदौ ।

रौतहटमा अबैध रुपमा भइरहेको नदि उत्खनन् रोकिएको छैन् । रौतहटमा अवैध रुपमा रातीको समयमा खोलाबाट नदीजन्य पदार्थ उत्खनन् गरिरहेको करिब १२ वटा टिपर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । अवैधरुपमा बालुवा तथा गिटी उत्खनन् गरिरहेको अवस्थामा सशस्त्र प्रहरी बल सन्तपुरका टोलिले बागमती नदिबाट १२ वटा टिपर नियन्त्रणमा लिएको हो । बिहीबार राती बागमती नदिमा नदीजन्य पदार्थ गिट्टी बालुवा संकलन गरी रहेको अवस्थामा सशस्त्र प्रहरी कार्यालय सन्तपुरका क्यापबाट डिएसपी बिकाश भुजेलको कमाण्डमा खटिएको प्रहरी टोलीले १२ वटा टिपर नियन्त्रण लिएर बताएका छन् । नियन्त्रणमा लिएको टिपरहरु आवश्यक कारवाहीका लागी जिल्ला समन्वय समिति कार्यालय गौर पठाईएको सशस्त्र प्रहरी बल क्यामप सन्तपुरका डिएसपी बिकाश भुजेलले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here