रुपेन्द्र पटेल
चन्द्रपुर, १९ भदौ ।
रौतहटको एक क्वारेन्टिनमा पौष्टिक आहार बितरण भएको छ । जिल्लाको चन्द्रपुर—६ स्थित एन्फा एकेडेमी क्वारेन्टिनमा मेची महाकाली बुहारी संयुक्त आवाज रौतहटले पौष्टिक आहार बितरण गरिएको हो । कोरोनासँग लड्न मानिसमा रोग प्रतिरक्षात्मक क्षमतामा हुनु पर्न हुन्छ । क्वारेन्टिनमा रहेका ब्यक्तिहरुमा पनि सो क्षमतामा कमी नहोस भनीने उद्देश्यले मेची महाकाली बुहारी संयुक्त आवाज रौतहटले शुक्रबार एक कार्यक्रका बिच पौष्टिक आहार बितरण गरेको सो संस्थाका जिल्ला संयोजक पुजा पाठकले जानकारी दिएकी छिन् । संस्थाको बार्षिक उत्सवको शुभ अवसरमा अभियानकर्ताहरुले क्वारेन्टिनमा पौष्टिक आहार बितरण गरिएको संस्था सचिब जयमाला चौधरीले तराई एक्सप्रेसलाई बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here