गरुडा, १९ भदौ । निरन्जन रामको हत्या गरेको आरोपमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका विजय रामको मृत्यु भएपछि रौतहटको गरुडामा सुरु भएको विरोध प्रर्दशनको क्रममा बिहीबार साँझ झडप भएको छ । ईलाका प्रहरी कार्यालय गरुडा अगाडी भएको भडपमा ७ जना भन्दा बढी घाइते भएका छन् । प्रदर्शनकारी र प्रहरी बीच भएको झडपमा स्थानिय सहित प्रहरी पनि घाइते भएका हुन । प्रदर्शन उग्र भएर ढुङ्गामुढा भएपछि प्रहरीले लाठी चार्ज गर्नुको साथै ८ राउण्ड भन्दा बढी अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन् ।
झडपमा परी चार प्रहरी र तीन स्थानिय महिला घाइते भएका छन् । उनीहरुको गरुडामा रहेको स्थानीय क्लीनिकमा उपचार भइरहेको र अहिले सवास्थ्य अवस्था सामान्य रहेको डिएसपी श्रेष्ठले बताए । यस्तै बिहीबार साँझ भएको झडपका कारण शुक्रबार पनि गरुडाको अवस्था तनाब ग्रस्त रहेको देखिएको छ । ईलाका प्रहरी कार्यायल गरुडा अगाडी प्रहरी तयनात अवस्थामा रहेको छ ।