गरुडा, १९ भदौ । प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले रौतहटको विजय रामको हत्यामा संलग्न प्रहरीलाई कडा कार्यवाही हुने बताएका छन् । प्रहरी हिरास्तमा मृत्यु भएका विजय रामको परिवारसँग भेटन विहिवार रौतहटका आउएका मुख्य मन्त्री लालबाबु राउतले विजय रामको मृत्यु प्रकरणमा दोषी देखिने प्रहरीलाई कडा कार्यवाही गर्न प्रदेश सरकार लागेको बताएका हुन् । बिहीबार पिडित परिवारसँग भेटघाट गर्दै मुख्य मन्त्री राउतले प्रहरी हिरास्तमा विजय रामलाई कुटपिट गरी ज्यान लिने प्रहरीलाई कानुनी दायरामा ल्याउन प्रदेश सरकार तयार रहेको स्पष्ट पारेको छ । रामको मृत्यु प्रकरणमा दोषी प्रहरी निरीक्षक, नायव उपरीक्षक वा प्रहरी उपरीक्षक जो सुकै भएपनि कडा कार्यवाही हुने उनले पिडित परिवारलाई विश्वास दिलाएका हुन् । मुख्य मन्त्री राउतले यस घटनाको छानविन गर्नको लागि प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा ५ सदसीय उच्च स्तरीय छानविन समिति गठन भएको जानकारी दिए । गठित समितिले घटनाको अहिले गम्भीरताका साथ छानविन गरिरहेको र छानविन सकेपछि दोषी अवश्य पता लाग्ने उनले बताए । उच्च स्तरीय छानविन समितिले पता लगाउने दोषी जुनसुकै दर्जाको प्रहरी भएपनि हदैसम्म्को कार्यवाही गर्नका लागि आफु प्रदेशसभाको बैठकबाट सिफारिस गर्ने मुख्य मन्त्री राउतले बताए । मुख्य मन्त्री राउतले रौतहटमा दलितमाथी एकपछि अर्को भएको यस्ता जघन्य अपराधको घटनाहरुले प्रदेश सरकारलाई दुखी बनाएको समेत बताए । सो क्रममा मुख्य मन्त्री राउतले हत्या भएको निरन्जन राम र प्रहरी हिरास्तमा मृत्यु भएका विजय रामको परिवारलाई राहत स्वरुप प्रदेश सरकारबाट आर्थिक सहयोग गर्ने समेत प्रतिबद्धता जनाएका हुन ।