गौर १९ भदौ । रौतहट जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका थुनुवाको रहस्यमय मृत्यु भएपछि रौतहटका प्रहरी उपरीक्षक (एसपी) रविराज खड्का काठमाडौ तानिएका छन् । घटनाको विरोध भइरहेको बेला उनलाइ काठमाडौ तानिएको डीआईजी धिरजकुमार सिंहले जानकारी दिए । घटनाको विरोध भइरहेको बेला प्रदेश २ प्रहरीले इन्सपेक्टर ललितकुमार सिंह तथा हवल्दारद्धय मुन्ना सिंह र फिरोज धुनियालाई निलम्बन गरेको थियो । हत्या आरोपमा पक्राउ परेका रौतहटको गरुणाका विजय रामको भदौ ११ गते उपचारका क्रममा मृत्यु भएको थियो। स्थानीयले घटना स्विकार गर्न प्रहरीले बल प्रयोग गर्दा गम्भिर भई रामको ज्यान गएको आरोप लगाउँदै आएका छन्। साउन ३१ गते भएको निरन्जन रामको हत्या आरोपमा विजयसहित ७ जना पक्राउ परेका थिए ।