रुपेन्द्र पटेल
रौतहट, २० भदौ । रौतहटमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं—१० श्रीनगरमा शनिबार दिउँसो करिब १२ बजेको समयमा स्थानिय लक्ष्मी महतोका अन्दाजि ८ वर्षिय छोरी प्रियाका महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरबाट खेतमा पानि पाटी रहेको अवस्थामा घाँस काटने क्रममा बिद्युतको तार हसियाले काटेपछि घटना स्थलमै प्रियाकाको मृत्यु भएको चेतनगर प्रहरी चौकी जानकारी दिएका छन् । मृतक बालिकाको शव पोष्टमाडमका लागी चन्द्रनिगाहपुर अस्पतालमा पठाईएको प्रहरीले जनाएका छन् । घटनाबारे थप अनुसंधान भईरहेको बताए ।