रुपेन्द्र पटेल
चन्द्रपुर, २० भदौ ।

रौतहटको चन्द्रपुर नगरपालिका वडा नं—१ पौराईमा गठन गरिएको पौराई जागरण युवा समुहद्धारा सरसफाई अभियान चलाएको छ । सो समुहले शनिबार पुर्वपश्चिम राजमार्गदेखि पौराइ ब्रह्म स्थनमन्दिरसम्मका अतिक्रमित सडक सरसफाई तथा पौराई मन्दिर परिसर सरसफाई गरिएको छ । सडक वरपर राखिएका दाउरा तथा चौपायाहरु पनि हटाइएको र आइन्दा सडमा कुनै किसिमको कामधाम नगर्न समेत सो समुहका युवाहरुले आग्रह गरेका छन् । पौराइमा सामाजिक कार्यमा युवा भन्ने नाराका साथ सो समुह गठन गरिएको हो । समुहले उक्त क्षेत्रमा भएका विकृति विसंगति तथा सामाजमा जरो गाडेका विभिन्न कुसस्कारहरुलाई निर्मुल पार्न भुमिका निभाउने सोही समुहका सचिव सुकेन्द्रबन्धु गोलेले बताएका छन् । यस्तै सो समुहले पौराईमा प्रत्येक शनिबारको दिन सरसफाई अभियान चलाउने पौराई जागरण युवा समुहका अध्यक्ष टिकाराम गोङवाले जानकारी दिएका छन् । आज गरिएको सरसफाई अभियान कार्याक्रममा पौराई ब्रह्म स्थान सुधार समितिका अध्यक्ष रुपेश पंडित, देउराली समुदायिक बनका उपाअध्यक्ष रौशन बमजन, पौराई खानेपानिका सचिब दिल बहादुर काफ्ले तथा स्थानिय समाजसेवी बलराम राउत लगायत करिब ८० जना युवाहरुको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here