?????????????????????????????????????????????????????????

चन्द्रपुर,२३ भदौ / चन्द्रनिगाहपुर गौर सडक खण्डको बिभिन्न स्थानमा सडक खाल्डा बनेर दैनिक दुर्घटना हुदा समेत सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरको ध्यान जान सकेको छैन् ।
चन्द्रनिगाहपुर गौर सडक खण्डको चन्द्रपुर बजार स्थित नगरपालिका कार्यालय अगाडीको सडकको खाल्डा र बसन्तपुर चोकमा रहेको खाल्डाका कारण दैनिक साना सवारी साधान दुर्घटना हुदा समेत सम्बन्धीत निकाय कानमा तेल हालेर बसेको छ ।
स्थानीयले नगरपालिका अगाडी रहेको सडकको खाल्डाको बिषयमा पटक पटक नगरपालिकाको कार्यालयमा जानकारी दिएको र नगरपालिकाले सडक बिभागले बनाउने भन्दै पन्छेका कारण सो स्थानमा एकझर पानीमा हिड्नै नहुनेगरी आहाल हुने गरेको छ ।
उता बसन्तपुर चोकमा समेत सडकमै ठुला ठुला खाल्डा भएकाले आवत जावतमा स्थानीयलाई समस्या भएको छ । सो बिषयमा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दरोगा साहलाई पटक पटक गुनासो गर्दा समेत ध्यान नदिएको चन्द्रनिगाहपुरका स्थानीय युवा तथा नेपाली कांग्रेसका नेता मुकेश गिरीले बताए ।
केही महिना पहिला चन्द्रनिगाहपुर गौर सडक खण्डको चन्द्रपुर नगरपालिका अगाडीको खाल्डा खुल्डी संघिय सांसद देवप्रसाद तिमलसिनाको पहलमा ग्रवल हालेर पुर्ने काम भएकोमा पछिल्लो समय आएर सडकको आवस्था जस्ताको तस्तै भएपछि स्थानीयले सरकारी काम प्रतिको चरम लापारवाहीको चर्को बिरोध गरेका थिय ।
चन्द्रनिगाहपुर गौर सडक खण्डका बिभिन्न स्थानका खाल्डा ज्यानमारा धरापका रुपमा परिणत हुदै आएका बेला सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले चादी खोलाको पुलमा रहेको खाल्डा पुर्न गुणस्तरहिन सामाग्री प्रयोग गरेको एक स्थानीयले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् ।
सडक डिभिजन कार्यालयले समयमा आफ्नो काममा ध्यान नदिएका कारण चन्द्रनिगाहपुर गौर सडक खण्ड मात्र नभएर पुर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुरमै ज्यानमार खाल्डा भएको सांसद तिमलसिनाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here