बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)को टोलीले अभिनेत्री रिया चक्रवर्तीलाई गिरफ्तार गरेको छ । अभिनेत्री चक्रवर्तीलाई एनसीबीको टोलीले लगातार तीनदिन पछिको अनुसन्धान सकेपछि उनलाई गिरफ्तार गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । चक्रवर्तीलाई लागुऔषध मुद्दामा गिरफ्तार गरेको बताइएको छ । यसअघि अभिनेत्री रिया चक्रवर्तीका भाइ शौविक चक्रवर्ती र सुशान्त सिंह राजपूतका म्यानेजर रहेका सैमुएल मिरान्डालाई गिरफ्तार गरिएको थियो । एनसीबीले ड्रग्सको लेनदेनका विषयमा दुबै जनालाई गिरफ्तार गरेको थियो । मंगलवारको सोधपुछमा रियाले आफूले पनि ड्रग्स लिँदै आएको स्वीकार गरेकी छन् । यसअघि उनका वकिलले रियाले कहिल्यै पनि ड्रग्स नलिएको र उनी रगत जाँच गराउन पनि तयार रहेको बताएका थिए । स्वयम् रियाले पनि एक अन्तर्वार्तामा आफूले कहिल्यै ड्रग्स सेवन नगरेको दावी गरेकी थिइन् । तर आज उनले वकिल र आफ्नो पूर्वदावी विपरित एनसीबीलाई आफूले सेवन गर्ने गरेको स्वीकार गरेकी हुन् । रियाले आफूलाई सुशान्तले नै ड्रग्स लिन बाध्य पारेको पनि दावी गरेकी छन् । सुशान्तले ड्रग्स सेवन गर्न दबाब दिने गरेको र त्यसैकारण आफूले सेवन गरेको उनको दावी छ। आफूले गाजाका साथै केही केमिकल्स पनि लिने गरेको रियाले वयान दिएकी छन् । भारतीय मिडियाका अनुसार एनसीबीसँग रियाले आफैमा बाझिने गरी अगल अलग बयान दिइरहेकी छिन्। जसबाट उनी थप संकटमा पर्दै गएकी छन् । रियाले सुशान्तको फिल्म सेटमा नै ड्रग्सको प्रयोग हुने गरेको बताउँदै सेवन गर्ने केही कलाकारको नाम समेत वयानमा भनेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here