इलाम २४ भदौ । आफ्नै आमालाई करणी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । भदौ ७ गते ६३ वर्षीया आमालाई जबर्जस्ती करणी गरेर फरार भएका देउमाई नगरपालिका– ६ शान्तिडाँडाका २३ वर्षीय युवालाई इलाम नगरपालिका– ५ तोरीबारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । करणी गरेको किटानी जाहेरी परेपछि प्रहरीले युवाको खोजी थालेको थियो । उनलाई गएराति प्रहरी निरीक्षक नवीन राईको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । पक्राउ परेका अभियुक्तविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताए । नयाँ पत्रिकाबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here