अशोक पहाडी
रौतहट,२४ भदौ ।
रौतहटको चन्द्रनिगाहपुर स्थित ईलाका प्रहरी कार्यालयका डिएसपी सहित २० जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । बुधबार आएको रिपोर्ट अनुसार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका २० प्रहरीमा एकै पटक संक्रमण पुष्टि भएको हो ।
चन्द्रनिगाहपुर अस्पतालका जनस्वास्थ्य निरीक्षक मात्रिका चालिसेले प्रहरीसहित स्थानीयबासीमा पनि कोरोना भाइरस संक्रमण देखिएको बताएका छन् । प्रहरी र सर्वसाधारणसहित ४१ जनाको स्वाब संकलन गरेर पिसिआर परीक्षण गर्दा २० जना प्रहरी र ८ जना सर्वसाधारणमा कोरोना भाइरसको संक्रमण देखिएको हो । संक्रमित प्रहरीलाई चन्द्रनिगाहपुरस्थित आइसोलेसन र होम आइसोलेसनमा राखिएको छ ।
यसअघि इलाका प्रहरी कार्यालय गरुडाका थुनुवालाई समेत कोरोना भाइरस संक्रमण देखिएको थियो । समुदायमा फैलिंदै गएको कोरोना भाइरसको संक्रमण दर रौतहटमा बढ्दै गएको छ ।
प्रहरी ब्यारेक र कार्यालयमै कोरोना भाइरसको संक्रमण फैलिएपछि त्यस कार्यालयमा कार्यरत अन्य प्रहरीहरुको पनि कन्ट्याक ट्रेसिङको आधारमा स्वाब लिइने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here